ज्योति लाईफ इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता |
काठमाडौं । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं ५, बुटवल–६, रुपन्देही स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आवद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
हालसम्म काठमाण्डौ केन्द्रित सेवाप्रदायक साझेदार संस्थाहरुसंग सम्झौता गर्दै आएको यस कम्पनीले देशका अन्य प्रदेश स्थित संस्थाहरुसंग समेत सम्झौता गर्दै जाने र यस्ता सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।



