एनआईसी एसियाले धरान र विराटनगरमा शाखा थप्यो, देशभर सञ्जाल २८४ पुग्यो |
काठमाडौं । एनआईसी एसिया बैंकले विराटनगर र धरानमा शाखा थप गरेको छ ।
विराटनगरको मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन्। यसैगरी धरान बुद्धचोकस्थित शाखाको उद्घाटन अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले गरेका छन् ।
बैंकको अब शाखा संख्या २८४ पुगेको छ । बैंकका २८९ एटीएम र ४१ एक्सटेन्सन काउन्टर छन्। बैंकले २८ वटा शाखारहित बैंकिङ इकाइ पनि चलाइरहेको छ ।

