सिभिल बैंकको शाखा झापाको सुरुङ्गामा, शाखा संख्या ७५ पुग्यो |
काठमाडौं । सिभिल बैंकले झापाको सुरुङ्गामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका छन् ।
मेयर पोखरेलले उद्घाटन कार्यक्रममा बोल्दै नेपाललाई समृद्धि तर्फ लैजान हामी सबैले सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई खर्चहरुको उचित व्यवस्थापन गर्नु पर्ने बताएका छन् । उनले बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न समेत आग्रह गरेका छन् ।
बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या ७५ पुगेको छ ।
Visited 3 times, 1 visit(s) today


