‘सेलपे’को ब्रान्ड एम्बेस्डरमा महजोडी |
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेटको वालेट लोड गर्न नपर्ने ‘सेलपे’ सेवाको ब्रान्ड एम्बेस्डरमा मदनकृष्ण श्रेष्ठ तथा हरिवंशआचार्य ९(महजोडी) नियुक्त भएका छन् ।
कम्पनीका अनुसार सेलकम प्राईभेटले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्न भुक्तानी सेवा ‘सेलपे’ शुरुवात गरेको हो ।
भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवा सहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देश कपवन प्रधानको दाबी छ ।
‘सेलपे’ एउटा अनलाइन पेमेन्ट सेवा हो । कम्पनीका अनुसार विभिन्न दूरसंचार सेवा, विजुली, खानेपानी, टीभी, ईन्टरनेटको महशुल भुक्तानी, पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर आदी सेवा सेलपेले शुरु गर्न लागेको छ ।
‘सेलपे’ सन् २०१३ मा टेलिकम सेवाप्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलो पटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गर्ने कम्पनी हो ।
Visited 3 times, 1 visit(s) today


