यस्तो छ लघुवित्त कम्पनीहरुको ९ महिनाको अवस्था |
काठमाडौं । आर्थिक वर्षको चैतमसान्तसम्मको ५९ वटा लघुवित्त कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ९ महिनाको वित्तीय विवरण प्रकाशित गरेको आधारमा ती कम्पनीहरूको वित्तीय अवस्थाअनुसार यी कम्पनीहरुले आफ्ना नाफा बढाएका छन् ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी हाल वित्तीय कारोबार गदै आएका ‘घ’ वर्गका वित्तीय संस्थाहरु ९१ वटा रहेका छन् । ५९ वटा लघुवित्त कम्पनीमा सबैभन्दा बढी चुक्ता पूँजी निर्धन उत्थान बैंकको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । जसले यस तेस्रो त्रैमासमा खुद मुनाफा ५२ करोड ७५ रुपैयाँ कमाएको छ । जबकी गत वर्षको तुलनामा ३२ दशमलव १८ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै अर्को १ अर्ब चुक्ता पँुजी पुर्याउने छिमेक लघुवित्त कम्पनी रहेको छ ।
५९ वटा लघुवित्तमा सबैभन्दा कम चुक्ता पुँजी आर्थिक समृद्धि लघुवित्त कम्पनी रहेको छ । जसको चुक्ता पुँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । यस त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा छिमेक लघुवित्तको रहेको छ । जसको खुद मुनाफा ६४ करोड ३० लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा यस कम्पनीले ७९ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको छ ।
दोस्रो स्थानमा निर्धन उत्थान विकास बैंकले ५२ करोड ७५ लाख रुपैयाँ र तेस्रो स्थानमा साना किसान विकास लघुवित्तले ३४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।सबैभन्दा कम नाफा अर्थात घाटामा रहेको आर्थिक समृद्धि लघुवित्त र नागरिक लघुवित्त संस्था रहेको छ । यी कम्पनी क्रमशः २१ लाख रुपैयाँ र ५९ लाख रुपैयाँ नोक्सानमा रहेका छन् ।
अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढाउनेमा आशा लघुवित्त कम्पनी रहेको छ । जसले यस कम्पनीले तेस्रो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ कमाएको छ । गत गत वर्षको सोही अवधिमा नाफा जम्मा ४ हजार रुपैयाँ कमाएको थियो । जसले ३६ सय गुणाले वृद्धि गरेको छ ।
५९ वटा कम्पनीमा ४४ वटा कम्पनीले नाफामा भए पनि ९ वटा कम्पनीको मात्रै गत आवको तुलनामा नाफा वृद्धि गरेका छन् । त्यस्तै ४ वटा कम्पनीले अघिल्लो वर्ष वित्तीय विवरण प्रकाशित गरेका थिएनन् । नाडेप लघुवित्तले भने ६२ प्रतिशतले नाफा घटाएर १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । आर्थिक समृद्धि लघुवित्तको २१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि यो ३३ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।
५९ वटा लघुवित्त कम्पनीले निक्षेपमा कुल ७० अर्ब १४ करोड ३३ लाख ५९ हजार रुपैयाँ संकलन गरेका छन् । भने कर्जामा १ खर्ब ९९ अर्ब ११ करोड २८ लाख ६० हजार रुपैयाँको लगानी गरेका छन् ।
निक्षेप तथा कर्जा लगानीमा सबैभन्दा अगाडि छिमेक लघुवित्त रहेको छ । जसले निक्षेपमा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा यस कम्पनीले १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।
निक्षेप तथा कर्जामा सबैभन्दा कम नागरिक लघुवित्त रहेको छ । जसले निक्षेपमा १ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन् । चार कम्पनीको भने निक्षेप संकलन गरेका छैनन् । कर्जामा पनि सबैभन्दा कम नागरिक लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । सिर्जनशील लघुवित्तले भने कर्जामा लगानी गरेको छैन ।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामध्ये दुवैमा सबैभन्दा अगाडि छिमेक लघुवित्त रहेको छ भने दोस्रो स्थानमा निर्धन उत्थान लघुवित्त रहेको छ । छिमेक लघुवित्तले खुद ब्याज आम्दानी १ अर्ब २३ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफामा ९७ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा निर्धन उत्थानले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफा ८१ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ ।
खुद ब्याज आम्दानीमा सबैभन्दा कम नागरिक लघुवित्त ३६ लाख रुपैयाँ आर्जन गरेको छ । सञ्चालन मुनाफामा ३ वटा कम्पनीको नोक्सानमा रहेका छन् । आर्थिक समृद्धिको ३३ लाख, नागरिक लघुवित्तको ६५ लाख र नेपाल सेवाको ८० लाख रुपैयाँ नोक्सानमा रहेका छन् ।




