बैंकहरुको खराव ऋण नौं महिनामा पाँच अर्बले बढ्यो |
काठमाडौं । हाल बैंकहरु ऋण लगानीमा आक्रमक देखिएका छन् । जसको फलस्वरुप खराब ऋणको मात्रा बढ्न थालेको छ । विगतमा ऋण बिस्तारको तुलनामा थोरै मात्र बिग्रिँदा पनि प्रतिशतमा धेरै देखिन्थ्यो ।
अहिले आक्रमक रणनीतिले ऋण बिस्तार उच्च छ । ऋणहरु खराब अवस्थामा पनि पुगेका छन्। तर प्रतिशतमा हेर्दा थोरै देखिए पनि रकमका हिसाबले भने उच्च दरले खराब ऋण बढेको छ ।
२०७४ असारमा खराब ऋण १६ अर्ब अर्ब थियो । २०७५ असारमा पनि १६ अर्ब नै थियो । तर २०७५ को चैतसम्म आइपुग्दा बढेर २१ अर्ब पुगेको छ ।
यसबीचमा लगानी पनि ह्वत्तै बढेको छ । २०७४ असारसम्म बैंक ऋण १७ खर्ब ३६ अर्ब थियो । अर्को बर्ष बढेर २१ खर्ब १२ अर्ब पुग्यो। अहिले चैतमा २४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।




