सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता |
काठमाडौं । सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले ‘लिडरशिप एकेडेमी नेपाल’ संग सहकार्य गर्न सम्झौता गरेको छ ।
‘राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन’, अमेरिकासंग अनुबन्धित ‘लिडरशिप एकेडेमी नेपाल’ मानव संशाधानको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढेको उक्त बैंकले सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ‘लिडरशिप एकेडेमी नेपाल’ को तर्पmबाट सीटीओ अरुण जोशीले हिजो एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।



