कुमारी बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.२१ प्रतिशत ब्याजदरमै ऋण
काठमाडौं । कुमारी बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ ।
व्यावसायिक सवारी खरिदका लागि भने आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ ।
नाडा अटो शोमा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ। भृकुटीमण्डपस्थित नाडा अटो शोको स्टल नम्बर M4बाटै आवश्यक कागजात पेस गरी कर्जाको प्रारम्भिक/तात्कालिक स्वीकृति (Spot Loan Approval) पाउन सकिने ब्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसबाट ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।


