यूनिभर्सल र कामना सेवा विकास बैंकबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट |
काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ ।
सम्झौता पछि बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकले यूनिभर्सलमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक तुलसी प्रसाद आचार्य र यूनिभर्सलका प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पिएसले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंकले ८४ शाखा तथा ३९ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ ।



