नौं महिनाको आयात १० खर्ब ६१ अर्ब, चालु खाता घाटा २ खर्ब ४ अर्ब नाघ्यो |
काठमाडौं । वर्षेनी बढ्दै गएको आयातका कारण चालु खाता घाटा २०४ अर्ब ४३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले चैतसम्मको अवस्था सार्बजनिक गर्दै शोधनान्तर घाटा पनि १४ अर्ब ६० करोडबाट बढेर ६४ अर्ब ६८ करोड पुगेको जानकारी दिएको छ ।
चैतसम्म विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ । आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । निर्यात भने जम्मा ६९ अरस्ब ८२ करोड रुपैयाँ मात्र छ ।
अन्य सूचकहरु नकारात्मक भइरहँदा उपभोक्ता मुद्रास्फिति भने सकारात्मक छ । चैतको मूल्य बृद्धि दर ४.४ प्रतिशत मात्र छ । सबैभन्दा बढी महँगी दर हिमालमा छ भने कम तराईमा छ ।



