एनआईसी एशियाको शाखा जनकपुरको पिडारी चोकमा |
काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबाट आइतबार भव्य समारोहका बीच उद्घाटन भएको हो ।
बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।



