एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच सम्झौता |
काठमाडौं । जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक सम्झौता भएको छ ।
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले जनकपुरमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन ।
अब जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाएको छ ।




