ज्योति लाईफ र नेपाल मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता |
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिंदै यस कम्पनीले भैसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्व निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । उक्त कार्यक्रममा हस्पिटल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
अस्पताल श्रोत अनुसार अन्तरराष्ट्रिय स्तरको भौतिक पुर्वाधार सहितको विशेषज्ञ चिकित्सकहरुबाट उच्च स्तरिया सेवा प्रदान गर्दै आएको नेपाल मेडीसीटी, भारतको राष्ट्रिय मान्यता प्राप्त नेशनल अक्रैडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) बाट मान्यता प्राप्त नेपालको पहिलो र एक मात्र हस्पिटल हो ।
Visited 1 times, 1 visit(s) today


