लक्ष्मी बैंकको १०३औँ शाखा बिराटनगरको तिनपैनीमा |
काठमाडौं । लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममा बिराटनगरको तिनपैनीमा १०३औँ शाखा संचालनमा ल्याएकोे छ । प्रदेश नम्बर १ मा यो बैंकको १९ औँ शाखा हो । यस शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्र तथा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।
यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
Visited 1 times, 1 visit(s) today


