एभरेष्टको होम लोनमा न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ |
काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन, आफ्नै घरको किस्ता बुझाउँ भन्ने नारासहित बैंकले न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ रुपैयाँ ल्याएको हो ।
यस अभियानमा ग्राहकले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन पाउनेछन् । बैंकले ग्राहकलाई यस अभियानको लाभ उठाउँदै आफ्नो घर बनाउने सपनालाई पूरा गर्न आग्रह गरेको छ ।
बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Visited 1 times, 1 visit(s) today


