नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवː विकास बैंकबीच वित्तीय साक्षरता अभिवृद्धि गर्ने सम्बन्धि सम्झौता |
काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड (एनबीआई) र देवː विकास बैंक लिमिटेडबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने जेएएलबीआई कोर्सको विषयमा पनि सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र देवː विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।



