मिथिलाको दाश्रो चरणको तालिम सम्पन्न |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि बैशाख १७ र १८ गते दुई दिन फिल्ड ब्यवस्थापन तालिम संचालन गरेको छ । मंगलबार धनुषाको लालगढ स्थित लालगढ कुष्ठरोग अस्पतालको तालिम हलमा आयोजित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृतसत्यदेव राउतले उद्घाटन गरेका थिए ।
आफ्ना सहायक स्तरका कर्मचारीहरु मध्य पहिलो चरणमा चैत्र ३ र ४ मा २३ जना लाई तालिम दिएको संस्थाले दोश्रो चरणमा १७ र १८ गते २२ जना सहायक कर्मचारीहरुलाई तालिम दिएको हो । चालु आर्थिक बर्षमा सबै कर्मचारीहरुलाई एक चरणको तालिम प्रदान गरिएको र अझै आवस्यकता अनुसार तालिम दिंदै जाने संस्थाको उद्वेश्य रहेको प्रमुख कार्यकारी अधिकृत राउतले बताए ।
विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको तालिममा श्रोत ब्यत्तिहरु सत्यदेव राउत, महेश कुमार चौधरी, रेशम प्रसाद वास्तोला र रामानन्द यादवले समुह प्रवेश पुर्व तालिम संचालन, केन्द्र बैठक ब्यवस्थापन तथा संचालन, कर्जा विश्लेषण लगाएत समसामयिक विभिन्न विषयहरुमाथि प्रशिक्षण दिएका थिए ।
Visited 1 times, 1 visit(s) today


