एनआईसी एशिया बैंकको थप २ शाखा विस्तार |
काठमाडौं । एनआईसी एशिया बैंकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र थप २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वरमा र वडा नं ३२, कोटेश्वर कोटेश्वरमा शाखा विस्तार गरेको हो ।
कुलेश्वर शाखाको उद्घाटन उप प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞसी र कोटेश्वर शाखाको प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरेका हुन् ।
ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंक शाखा विस्तारलाई जोड दिँदै आएको छ । बैशाख १५ गतेदेखि काठमाडौं उपत्यकाभित्र बालुवाटार, ठूलो भर्याङ्ग, रामकोट र चाबहिलमा गरि चार र रौतहट जिल्लामा एक गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको थियो ।
बैंकले देशभर २८१ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको करिब १६ लाख ग्राहक छन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।



