आईएमई लाइफ र सनराइज बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका ग्राहकलाई बीमा सहज |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र सनराइज बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त बैंकासुरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।
सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आईएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउन सक्नेछन् ।
आईएमई लाइफ इन्स्योरेन्सले हाल ७४ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यसले बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।
कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवन लगायतका बीमा योजनाहरू ल्याएको जनाएको छ ।



