स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा तिलगंगा अस्पताललाई साढे २४ लाख रुपैयाँ सहयोग |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा अस्पताललाई २४ लाख ६८ हजार ३ सय ९९ रुपैयाँ सहयोग गरेको छ । आफ्नो देखिनुनै विश्वास गर्नु हो भन्ने अभियान अन्तर्गत बैंकले सहयोग गरेको हो ।
यो आर्थिक सहायता बैंकले तिलगंगा अस्पतालको मूख्य विस्तार योजनालाई वित्तिय सहायता प्रदान गर्ने सम्वन्धमा भएको सहमतिको एक हिस्सा हो । यो योजनाको प्रमुख उदेश्य ग्रामिण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रिया गरेर अन्धोपना हुनबाट कम गराउने रहेको छ ।
बैंकका अनुसार भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधा स्तरोन्नति समेत यही सहयोगबाट हुनेछ । बैंकका सीइ्र्रओ अनिर्वान घोष दास्तीदारले अस्पतालका सीईओ डा. रिता गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे । दास्तीदारले भने “अन्धोपना हटाउनका लागि विश्वस्तरीय सुविधा उपलब्ध गराउने तिलगंगाको पवित्र उद्देश्यमा आबद्ध हुन पाएको बैंक गौरवान्वित भएको महसुस गर्छ ।”


