सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बिच बैंककासुरेन्स सम्झौता |
काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सिद्घार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलबीच हस्ताक्षर भएको हो ।
सम्झौताबाट सिद्घार्थ बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण १४६ शाखाहरुबाट मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित महालक्ष्मी लाईफ इन्स्योरेन्सको विभिन्न जीवन बीमा योजनाहरु विक्री गर्नेछ । बीमालेखहरु प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, तथा बीमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, वीरगञ्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।



