ओम डेभलपमेन्ट बैंक र एनबीआई बीच सम्झौता |
काठमाडौं । ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट (एनबीआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् ।
विकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको बताइएको छ ।
उक्त समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंकका एक सय जनाभन्दा बढी कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ ।
बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवं दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । कर्मचारीहरुको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल रुपमा उभ्याउनु यसको उदेश्य रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।
Visited 1 times, 1 visit(s) today


