एलआईसी नेपालको १२ प्रतिशत लाभांश पारित |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को १६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले आव २०७३∕७४ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
आव २०७३∕७४ मा कम्पनीले १ लाख ७८ हजार ५११ नयाँ बीमालेखहरु विक्री गरी प्रथम बीमा शुल्क आम्दानीवापत २६३ करोड ३५ लाख संकलन गर्न सफल भएको छ । २०७४ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कुल चालु बीमालेखको संख्या ७ लाख २० हजार ४५० र कुल जीवन बीमा कोषमा ३ हजार ३५५ करोड रुपैयाँ संकलन भएको कम्पनीले जानकारी दिएको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष हेमन्त भार्गवले शेयरधनीलाई सुझावका लागि धन्यवाद दिए । उनले एलआईसी नेपालको १७औं (आव २०७४∕७५) को वार्षिक साधारणसभा पनि यथाशक्य चाँडो सम्पन्न गरिने बताउँदै चालू आवको पुस मसान्तसम्ममा कुल बीमा शुल्क आर्जन ५८१.१३ करोड भइसकेको र कम्पनीको जीवन बीमा कोषमा ४८६८.७० करोड जम्मा रहेको समेत जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


