नागरिक लगानी कोष लाई मुद्रा बजारमा नखेल्न अर्थमन्त्रीको सुझाव, ९ तल्लाको कार्यालय भवनको शिलान्यास |
काठमाडौं । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोषलाई मुद्रा बजारमा नखेल्न सुझाव दिएका छन् । उनले संचालनमा रहेको सबै समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै छानामुनी ल्याउनुपर्ने आवश्यकता पनि औल्याएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले कोष स्थापना कालमा अनिवार्य बचतको अबधारणा आफुले ल्याएको बताए । उनले स्वेच्छाले गरेको बचले मात्र नपुगने हुदा अनिबार्य बचत आवश्यक भएकोमा पनि जोड दिए । डा. खतिवाडाले कोष बित्त बजारको बलियो संस्था बन्नुपर्ने शुभकामना दिएका थिए ।
अन्तरराष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा २ तलाको वेसमेन्ड सहित ९ तल्लाको कार्यालय भबनको शिलान्यास आज अर्थमन्त्री खतिवडाले गरेका हुन ।


कार्यक्रममा नेपाल राष्ट्र बैकका कामु गभर्नर चिन्तामणी सिवाकोटीले अर्थमन्त्रीले अर्थ चढाएर कोषको नयाँ भवनको शिलान्यास गरेकाले
कोषले पनि त्यही अनुसार आधुनिक र सुबिधा सम्पन्न भवन बनाउने आशा ब्यक्त गरे । उनले पुर्वाधार, कृर्षि जस्ता क्षेत्रमा लगानी बिस्तार गर्न सके अझ उपयोगी हुने बताए । कोषले आफनो लगानीको क्षेत्रलाई बिस्तार गर्नुपर्ने धारणा पनि सो अवसरमा उनले राखेका थिए ।
कोष संचालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईले सरकारको उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पुर्याउन कोषले आपूmलाई अझ सुदृढ बनाउँदै भोलिका दिनमा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने प्रतिवद्वता व्यक्त गरेका थिए ।

कोषको लगानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन तथा पूँजीबजारमा दरिलो उपस्थितिका लागि प्राथमिक एवं दोस्रो बजारबाट सेयर खरिद विक्री गर्ने कार्य सञ्चालन गर्ने गरी कोषको लगानी नीतिमा आवश्यक परिमार्जन भएको जानकारी उनले दिए । यसले सेयर बजारमा देखिने अप्रत्यासित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
त्यसैगरी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले ११ वटा वचत कार्यक्रम संचालन गरी पुँजी बजार सेवा पनि प्रदान गरिरहेको बताए । उनले कोषको आर्थिक वर्ष. ०७५∕०७६ को पौष मसान्तसम्ममा १ खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेको छ भने १ खर्ब १३ अर्व ८४ करोड लगानी भएको बताए ।

वित्तीय बजारमा देखिएको लगानीयोग्य रकमको आपूर्तिमा कोषले ठूलो योगदान रहेको भन्दै उनले वित्तीय बजारमा व्याजदर स्थिरता तथा पारदर्शीता ल्याउने प्रयास स्वरुप लगानी नीति, २०७५ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको बताए । कोषले आफ्नो क्षमताका आधारमा सरकारले विश्वास गरी योगदानमा आधारित पेन्सन योजना तथा सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गर्न दिएकोमा प्रभावकारी रुपमा संचालन गर्न सक्ने विश्वास पनि दिलाए । कोषले अबका दिनमा असंगठीत क्षेत्रका स्वतन्त्र मजदुरहरु, किसान तथा स्वरोजगारमा रहेको उद्यमी तथा व्यवसायीहरुलाई लगानी कोषका विविध कार्यक्रममा आवद्घ गराउन पहल गर्नुपर्ने खाँचो पनि उनले औल्याए ।




