महालक्ष्मी विकास बैंकले गर्यो दरवारमार्गमा सरसफाइ सम्बन्धि चेतनामूलक कार्यक्रम |
काठमाडौं । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजना गरिएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठको प्रमुख आतिथ्य भएकोे कार्यक्रममा बैंकका प्रतिनिधिहरु, दरबार मार्ग स्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु, वडा नं १ का प्रतिनिधिहरु तथा स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

