एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा |
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा विस्तार भएको छ । बैंकले सिरहा जिल्लाको नरहा गाउँपालिका– ५ स्थित नरहामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले हिजो आइतवार उद्घाटन गरेका हुन् ।
सो अवसरमा नरहा गाउँपालिका प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सवल बनाउदै गएको एनआईसी एशिया बैंकको अभियानप्रति प्रशंसा गरे ।
उक्त शाखाको उद्घाटनसँगै सो बैंकको शाखा संख्या अब २८१ पुगेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ ।

