मनसा सिमेन्टको पीपीसी ब्राण्डमाथि प्रतिबन्ध, आईआर २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भेटियो |
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले झापामा रहेको एक सिमेण्ट उद्योगबाट उत्पादित पीपीसी सिमेण्ट विक्री वितरणमा रोक लगाएको छ । झापाका विभिन्न सिमेन्ट उद्योगको नमुना परीक्षण गर्ने क्रममा सो उद्योगबाट उत्पादित सिमेन्टमा इन्स्लोबल रेसिड्यू (आईआर) मापदण्डभन्दा ज्यादा भएको पत्ता लागेपछि विभागले विक्री वितरणमा रोक लगाएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार मापदण्डभन्दा बढी आईआर भेटिएपछि मनसा सिमेन्टको पीपीसी सिमेन्ट विक्रीमा रोक लगाइएको हो । उनका अनुसार लागत कम गर्न फ्लाइएसको प्रयोग गर्दा मापदण्डभन्दा बढी आईआर देखिएको हो ।
विभागले तयार पारेको मापदण्डअनुसार आईआर २८ प्रतिशत हुनुपर्नेमा मनसाको सिमेन्टमा ३१ दशमलब २ प्रतिशत भेटिएको थियो ।

