कैलास विकास बैंकका ग्राहक र कर्मचारीलाई सुमेर अस्पतालमा छुट |
काठमाडौं । कैलाश बिकास बैंक र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र अस्पतालको तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अस्पतालले बैंकका सम्पूर्ण भिजाकार्ड बाहक ग्राहक तथा कर्मचारीलाई उपचारमा १० प्रतिशतसम्म छुट दिनेछ । हाल बैंकले आफ्ना ९० वटा शाखा कार्यालय, ३४ एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा देशमा बिभिन्न ७ स्थानमा शाखा कार्यालय थप्ने जनाएको छ ।

