देवː विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । देवː विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
देवː विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम ले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।
सो सेवा देवː विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

