नेपाल इन्फ्रास्ट्रक्चर बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले हिजो हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै अब नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरूले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीमार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्न सक्नेछन् । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत अब कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता अन्तरबैंक कारोबारहरू पूर्ण रूपमा सञ्चालन गर्न सक्ने जानकारी बै.कले दिएको छ ।



