सेञ्चुरी बैंकको निːशुल्क स्वास्थ्य शिविर तथा रत्तदान कार्यक्रम |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निːशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा थुप्रै जनाको निːशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ६० जनाभन्दा बढीको सहभागी थियो ।
शिविरमा मुटु सम्बन्धि र हृदयघात भएमा अपनाउनुपर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार भट्टले जानकारी गराएका थिए ।

