शिवम् सिमेन्टको आईपीओ बाँडफाँड, मागे जति सबैलाई शेयर |
काठमाडौं । शिवम् सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन् ।
एक लाख कित्तासम्म आवेदन दिनेले भने ५ हजार ६४० कित्ता शेयर पाएका छन् । ६५ हजार ६३० कित्ताभन्दा माथिको आवदेन दिनेमध्ये ११ जनाले थप १० कित्ता र ५ जनाले थप १ कित्ता शेयर पाएका हुन् ।
त्यस्तै स्थानीयबासीले मागेजति शेयर पाएका छन् । साथै विक्री नभएको ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको छ ।



