एनआईसी एशिया क्यापिटलको नयाँ योजना, निःशुल्क डिम्याट, सेवामा ५० प्रतिशत छुट |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना नयाँ ग्राहाकहरूका लागि सेवा शुल्कहरूमा विशेष छुटको योजना ल्याएको छ । क्यापिटलले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा त्यस्तो योजना ल्याएको जानकारी दिएको हो ।
उक्त योजनाअनुसार डिम्याट खाता खोल्दा आज बुधवारदेखि चैत ६ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको क्यापिटलले जानकारी दिएको छ । साथै, एक महिनाका लागि लगानी व्यवस्थापन सेवाका सम्पूर्ण शुल्कहरूमा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।




