५० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई, २३ करोड थान नोट छापिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नोट छपाइका लागि फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको छ ।
बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाई तथा आपूर्ती गर्न फ्रान्सको ओवरर्थर फिडुसियारे एसएएस कम्पनीसँग सम्झौता गरेको जानकारी दिएको छ । सम्झौता अुनसार उक्त नोट फ्रान्सेली कम्पनीले ४७ लाख ७२ हजार ५ युरोमा छाप्नेछ ।



