नाडेप लघुवित्तको ६१ हजार कित्ता हकप्रद लिलामीमा, फागुन २८ गतेसम्म आवेदन दिन सकिने |
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विक्री नभएको सर्वसाधारणतर्फको ६१ हजार २ सय ३६ कित्ता हकप्रद शेयर विक्रीका लागि आज आइतवारदेखि लिलामीमा विक्री गर्दै छ । उक्त शेयर खरिदका लागि संस्थाले फागुन २८ गतेसम्म आवेदन दिन सकिने बताएको छ ।
सर्वसाधारणले न्यूनतम १०० कित्तादेखि अधिकतम माग गरिएबराबरका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, नाडेप लघुवित्तका इलाका कार्यालयहरू विराटनगर, पोखरा र बुटवल, नबिल बैंकका शाखा कार्यालयहरू आदर्शनगर, वीरगंज, वीरेन्द्रनगर, सुर्खेत, कर्कण्डो, नेपालगञ्ज र धनगढीबाट पाइनेछ ।
संस्थाले गत मंसिर २३ देखि २९ पुससम्म चुक्तापूँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद शेयर निष्कासन सकिएसँगै संस्थाको पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा संस्थाको बजार मूल्य ६८५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा अधिकतम १६३९ रुपैयाँ र न्यूनतम ६२६ रुपैयाँसम्म कारोबार भएको थियो ।
Visited 1 times, 1 visit(s) today


