नेपाल लिकर्सको प्रथम वार्षिकोत्सव सम्पन्न |
काठमाडौं । नेपाल लिकर्सले हालै आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले नयाँ बोटलमा ब्लु रिव्यान्ड जिन प्रस्तुत समेत गरेको छ । नेपाल लिकर्स कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न ६ ब्रान्डको उत्पादन गर्दै आएको छ ।
स्वर्गीय भक्त वीर सिंह तुलाधरका छोरा राजेश वीर सिंह तुलाधर कम्पनीको अध्यक्षका रुपमा रहदै आएका छन् । स्वर्गीय भक्तवीर सिंह तुलाधरले भारतको युनाइटेड स्प्रिट्स इन्डिया लिमिटेडसँगको व्यावसायिक साझेदारको रूपमा ४० वर्षअघि यो व्यवसाय शुरु गरेका थिए ।
कम्पनीले आफ्नो वार्षिकोत्सव मनाउन सफल भएको अवसरमा बोल्दै अध्यक्ष राजेश वीर सिंहले आगामी दिनहरुमा अझ बढी जिम्मेवार एवं उत्कृष्ट कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Visited 1 times, 1 visit(s) today


