पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर पार्टी कार्यालयमा, आजै दिउँसो अन्त्येष्टि |
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका अधिकारी पार्थिव शरीर लाई अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ ।
त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । नेता अधिकारीको निधनबाट नेकपा स्तब्ध भएको पार्टीले जानकारी दिएको छ ।
अधिकारी नेपालका पहिलो बामपन्थी अर्थमन्त्री हुन्। । उनले नै बृद्धभत्ता कार्यक्रम ल्याएका थिए । उनले आफ्नो गाउँ आँफै बनाउँ कार्यक्रममार्फत केन्द्रिकृत बजेटलाई गाउँगाउँसम्म पुर्याएका थिए ।
Visited 2 times, 1 visit(s) today


