मोटोजीपी रेसमा अप्रिलिया रेसिङ टिमसंग गल्फ लुब्रिकेन्टको साझेदारी | रेश मार्च १० तारिखमा कतारबाट शूरु हुने

काठमाडौं । पियाजियो गु्रपको अप्रिलिया रेसिङ टिमसंग अन्तरराष्ट्रिय साझेदारका रुपमा ग्लोबल लुब्रिकेन्ट आइकन गल्फ लुब्रिकेन्टले साझेदारी गर्ने सम्बन्धि सम्झौता सम्पन्न गरेको छ ।
यस वर्षको मोटोजीपी रेसिङ सिजनको शूरुवाती रेश मार्च १० तारिखका दिन कतारबाट शूरु हून गईरहेको छ । मोटोजीपी अन्तरराष्ट्रिय रुपमै ख्यातीप्राप्त र विश्वकै लोकप्रिय बाईक रेस हो । कतिपय अवस्थामा मोटोजीपी लाई सर्वमान्यरुपमा रेसिङ बाइकहरुको क्षमता र गुणस्तरियता मापन गर्ने रेसको रुपमा लिईन्छ । मोटोजीपी रेसिङको यसवर्षको सिजनमा पाँच महादेशमा १९ चरणको रेस हुनेछ । यस बाइक रेसिङमा बाईकको सवै महत्वपुर्ण पार्टस, टायर, लुब्रिकेन्टस् र चालकको क्षमता र गुणस्तरियताको मापन हुन्छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रि«यल सेक्टर सम्मका उत्पादनहरु उपलब्ध गराउछ । पियाजियो गु्रप अन्तर्गत भेस्पा, अप्रिलिया, गिलेरा र मोटोगुजीका साथै पियाजियो ब्रान्ड पर्छन । अप्रिलिया तथा गल्फले मोटोजीपी मोटरबाइक रेसिङ्गको लागि सम्झौता पश्चात अप्रिलिया रेसिङ्ग टिमसंगै गल्फको उपस्थिति हुने छ ।
‘वल्र्ड सुपर बाइक पछि मोटोजीपीमा आफूलाई सहभागी गर्नु आफैमा एक कदम अगाडि बढेकोे कुरा गल्फका उपाध्यक्ष फ्र्या्ङ्क रटेनले बताए । त्यसै गरी गल्फसँग साझेदार रही मोटोजीपीमा सहभागी हुन पाउँदा आफैमा गौरवान्वित भएको कुरा अप्रिलियाका कार्यकारी अधिकृत म्यासिमो रिभोलाले बताए ।
२०१९ मा हुने मोटोजीपी रेसमा अप्रिलियाले आफूलाई विशेष रुपमा केन्द्रित गरेको छ । यसको लागि कम्पनीले नयाँ कार्यकारी अधिकृत समेत नियुक्ती गरिसकेको छ ।