दराज बिक्रेता ː एकै क्लिकमा अनलाइन व्यवसाय |
काठमाण्डौं । तपाईंसँग इन्टरनेटसहितको मोवाइल वा कम्प्युटर छ भने चिन्ता नगर्नुस चाहेको सामान घरमै आइपुग्छ । विभिन्न अनलाइन सपिङ सञ्चालकहरुले तपाईंका लागि उपयोगी सामानको सूची आफ्नो वेबसाइटमा राखिदिएका हुन्छन । तपाईंले अनलाइनबाट नै अर्डर गरेर ती सामान आफ्नो घरमा ल्याउन सक्नुहुन्छ । जसका लागि तपाईंले मात्रै एक क्लिक गरे पुग्छ ।
तपाईले दराजकको बिक्रेता बनेर आफ्नो व्यवसाय पनि बढाउन सक्नु हुन्छ । दराजमा बिक्रेता बन्न निक्कै सजिलो छ । दराजमा बिक्रेता बन्न सबैभन्दा पहिले university.daraz.com.np यो लिङ्कमा जानु पर्छ ।
यस लिङ्कमा तपाइले भिडियो टुटोरीयल बाट बिक्रेता बन्न, र बनिसकेपछि गर्ने कुराहरु जस्तै उत्पादनहरु सूची बनाउने, उपभोक्ताहरु मार्पmत समानहरुको अर्डरहरु प्राप्त गरी समान प्याक गर्ने र विक्री गर्ने लगायतका जानकारी पाउनु हुनेछ ।
दराज बिक्रेता बनेर तपाईले पनि आफ्नै अनलाइन पसल खोल्न सक्नु हुनेछ । दराजको लागि, इ–कमर्स वातावरणमा दराज बिक्रेताहरुको निकै ठूलो भूमिका रहेको हुन्छ । दराज सगँ तपाईले उपयुक्त एक्सपोज्यर पाई नेपालका हरेक कुनामा रहेका उपभोक्ताहरु सामु आफ्नो पहुँच पुर्याइ व्यापार बढाउन सक्नुहुनेछ ।
दराजले एकै छाना मुनि सयौं लोकप्रीय ब्राण्डहरुका उत्पादनहरुलाई इलेक्ट्रोनिक्स्, घरेलु समान, खेलौना, फेशन लगायतका वर्गहरुमा वर्गीेकृत गरेर नेपालमा अनलाइन शपिङ्गको नयाँ अवधारणा ल्याएको छ ।
दराज सगँ तपाईले नयाँ र उत्कृष्ट प्रणालीहरुको उपयोग गर्न पाउनु हुनेछ जुन इ–कमर्स संसारका चिनियाँ महारथी अलिबाबा सगँ मिलेर बनाइएको हो । सन् २०१८ मा अलिबाबाले दराजलाई आफ्नो अन्तर्गत लिएको हो । उक्त प्रणालीहरु द्वारा तपाईले आफ्नो सफलता आपैm सिर्जना गर्न सक्नु हुनेछ ।
दराज ग्लोबलका सीइओ ब्यिर्केे मिक्खेल्सन भन्छन, ‘हाम्रो लागि सबैभन्दा उत्कृष्ट बिक्रेता भनेको बिक्रेता आपैm हो, दराज हैन । यसकारण हामी बिक्रेताहरुलाई स्वतन्त्रताको साथ विक्री गर्न पाउने सबै औजारहरु उपलब्ध गराउँदछौँ । हाम्रो काम भनेको यस्तो औजार र नियन्त्रण प्रणालीहरुको विकास गर्नु हो, जसले हरेक लेनदेनमा उपभोक्तालाई सतप्रतिशत सुरक्षित राख्दछन् ।’
दराजको बिक्रेता कसरी बन्ने ?
१. दर्ता गरी उत्पादनहरु सूची गर्नुहोस
दराजमा आफ्नो व्यवसाय दर्ता गर्न को लागि यहाँहरु को व्यवसाय प्यान वा भ्याटमा दर्ता भएको हुनु पर्ने छ । साथै यहाँहरुको व्यवसायको नाममा कुनै एक बैंकमा खाता रहेको हुनुपर्नेछ.। दर्ता गर्न कुनै शूल्क लाग्दैन, यो सतप्रतिशत निːशूल्क प्रक्रिया हो ।
दर्ता भइसके पछि यहाँहरुले उत्पादनहरु सूची गर्नहोस । दर्ता र सूची गरीसके पछि उत्पादनहरु बिक्री गर्न सकिन्छ । यस पश्चात यहाँहरुले छिट्टै उपभोक्ताहरु मार्पmत समानहरुको अर्डरहरु प्राप्त गर्नु हुनेछ । उक्त अर्डरहरु यहाँहरुले बिक्रेता सेन्टर प्रयोग गरी व्यवस्थापन गर्न सक्नु हुनेछ ।
२. अर्डरहरु प्राप्त गर्नुहोस, समान प्याक गर्नुहोस र बिक्री गर्नुहोस
दराज द्वारा यहाँहरुले हरेक महिना ७ लाख भन्दा बढि नेपाली उपभोक्ताहरु माझ आफ्नो पहँुच पुर्याउन सक्नुहुनेछ । साथसाथै दराजको पुरै टिम दराजको साइट र एपमा नयाँ उपभोक्ताहरु आकर्षित गर्न सधैं समर्पित छन् । यहाँहरुले उपभोक्ताहरु मार्पmत समानहरुको अर्डरहरु प्राप्त गरीसके पछि उक्त अर्डरहरुको प्याकेजिङ्ग मात्र गर्नुपर्नेछ, बाकी सबै दराजले गरिदिन्छ ।
३. रकम प्राप्त गर्नुहोस, व्यापार बढाउनुहोस
दराजले समान वितरण गरीसके पछि तपाईको बैंक खातामा रकम जम्मा गरीदिनेछ । तपाईको बिक्रीहरुबाट उठेको रकमबाट थोरै प्रतिशत मात्र कम्पनीले फि लिन्छ । दराज सगँ तपाईले नेपालका सबै ठूला शहरहरुमा आफ्नो पहुँच पुर्याउन सक्नुहुनेछ । दराजले नेपालका २२ ठूला शहरहरुमा सजिलैसँग वितरण गर्न सक्दछ ।

