एनआईसी एशियाको केवाईसी अपडेट गर्न अब बैंक पुग्नै नपर्ने |
काठमाडौं । अब एनआईसी एशिया बैंकका ग्राहकहरूले घरमा बसी बसी इण्टरनेटको माध्यमबाट आफ्नो बैंक खाताको ग्राहक पहिचान अध्यावधिक (केवाईसी अपडेट) गर्न सक्ने भएका छन् । बैंकले ग्राहकहरूको सुविधालाई दृष्टिगत गर्दै उक्त कार्यका लागि बैंकमै पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
अब उक्त बैंकका ग्राहकहरूले घर तथा कार्यालयमा बसीबसी झन्झटरहित तरिकाबाट इण्टरनेटको माध्यमबाट आफ्नो खाताको केवाईसी अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले बताएको छ ।
बैंकका अनुसार अब ग्राहकहरू त्यस्तो सेवा लिनका लागि बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी ु'update KYC Online' portal मा आफ्नो खाता नम्बर, मोबाइल नम्बर र ईमेल आईडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अध्यावधिक गर्न सकिन्छ ।



