प्रहरीद्वारा झण्डै १५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट |
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको १४ हजार ९ सय लिटर तयारी अवैध घरेलु मदिरा र ६ हजार ८ सय किलो कच्चा पदार्थ नष्ट गरेको छ । महानगरीय प्रहरी परिसरले आफ्ना मातहतका विभिन्न स्थानहरूमा गत आइतवार बेलुकी सर्च गर्दा उक्त परिमाणको अवैध मदिरा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको उक्त अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।



