एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङमा, महानगर प्रमुखले गरे उद्घाटन |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका–५, पस्र्याङमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको सोही महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज सोमवार उद्घाटन गरेका हुन् ।
उक्त शाखाले गत भदौ ५ गतेदेखि नै कारोबार शुरू गरे पनि औपचारिक उद्घाटन आज सोमवार गरिएको बैंकले बताएको छ । शाखा कार्यालयको उद्घाटन गर्दै महानगर प्रमुख जिसीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको एनआईसी एशिया बैंकको प्रशंसा गरे । उनले भने, ‘यो शाखाको उद्घाटनसँगै अब यस क्षेत्रका सरकारी कार्यालय, उद्योगी व्यवसायी तथा आम सर्वसाधारणले सहज र सरल रूपमा बैंकिङ कारोबार गर्न पाउने भएका छन् ।’
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआईसी एशिया बैंक सफल भएको छ ।
बैंकको हाल वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप पनि करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
१४ लाख ५० हजारभन्दा बढी ग्राहक संख्या रहेको यस बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा पनि चँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने अभियानलाई जारी नै राखेको छ ।



