प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बाराको अमलेखगञ्जमा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदीपकुमार यादवले आज बिहीवार उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख यादवले उक्त काउण्टरको उद्घाटनसँगै अब पेट्रोलियम पदार्थका डिलरहरूलाई वित्रीय कारोबार गर्न सहज हुने बताए ।बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको इन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरूको सुविधालाई दृष्टिगत गरी उक्त एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले भने, ‘अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु पर्ने बाध्यताको अन्त्य भएको छ, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रूपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ । अब ढुक्क भएर सहज रूपमा उक्त एक्सटेन्सन काउण्टरबाट व्यवसायीहरूले आफ्नो कारोबार गर्दा हुन्छ ।’
उक्त काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित इन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरुलगायत अन्य सर्वसाधारणहरू, उद्यमी व्यवसायीहरू लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।
Visited 3 times, 1 visit(s) today


