एस्कर्ट्सको बहुप्रतीक्षित हेभी उपकरण ‘हाइद्रा १५ ४पी’ आज बुटवलमा सार्वजनिक |
काठमाडौं । भारतीय कम्पनी एस्कर्ट्स कन्स्ट्रक्सन इक्वीपमेण्ट्स लिमिटेड (ईसीई) का हेभी उपकरण सेगमेण्टहरूको नेपालका लागि आधिकारिक विक्रेता आईएमई अटोमोटिभ्स प्रा.लि.ले बहुप्रतीक्षित हेभी उपकरण ‘हाइद्रा १५ ४पी’ आज बिहीवारदेखि नेपालमा औपचारिक विक्रीवितरण शुरू गरेको छ । कम्पनीले आज बुटवलस्थित कालिकानगरमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त क्रेनको औपचारिक विक्री वितरणको शुभारम्भ गरेको हो ।
उक्त उपकरणको कन्ट्रयाक्टर एशोसिएशन रुपन्देहीका अध्यक्ष मोहनलाल जोशीले विक्री वितरणको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष जोशीले भने, ‘एस्कर्ट्स ब्राण्ड एशोसिएशनका लागि मेरो साथ र सहयोग लामो समय सम्म रहनेछ । देशको विकास गतिविधिमा आएको वृद्घिसँगै भारी उपकरण उत्पादनका लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।’
कम्पनीले मर्मत सम्भार गर्न सहज हुने र विविध विशेषता बोकेको ‘हाइद्रा १५ ४पी’ नेपाली बजारमा ल्याइएको दाबी गरेको छ ।

के छन् ‘हाइद्रा १५ ४पी’का विशेषताहरू ?
- क्रेन एप्लिकेशनका लागि प्रयोग हुने डिजाइनको ४९.५एचपीको इञ्जिन, ५०० घन्टाको सर्भिस इण्टर्भल, रोप कम्पेन्सेशनसहितका ४ वटा पार्ट्स स्ल्टेड बुम, १२ टन क्षमताका ६ वटा फलविन्च, १५ मिटरको भर्टिकल उचाइ, १.९ केएमपीएसको स्पिड, ८एफ प्लस २आर गिजर बक्स ।
- इञ्जिनको टिकाउका लागि एयर सिलिण्डर र सुक्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान गरिएको ।
- उत्कृष्ट कार्य सम्पादनका लागि हेभी ड्यूटी ब्याक इण्ड, हेभी ड्यूटी एस्बेस्टोस मुक्त क्लच प्लेट, उपकरण ओभरलोड हुँदा अडियो वार्निङ, डिस्क ब्रेक, होज प्रोटेक्सन फेलर डिभाइस, होज र सिलिण्डर गार्डसहितको सेफ्टी गार्ड, खुला क्याबिन, हेभी भारवहन क्षमता र रगेड एप्लिकेशनका लागि हेभी ड्युटी संरचना ।
उत्पादक कम्पनीको विशेषता
एस्कर्ट्स कन्स्ट्रक्सन इक्वीपमेण्ट्स लिमिटेड (ईसीई) ७० करोड सेवाग्राही रहेको भारतीय कम्पनी हो । यो कम्पनी भारतको फरिदावादमा अवस्थित सबैभन्दा ठूला इञ्जिनियरिङ कम्पनीहरूमध्येको एक हो । यसले हेभी इक्वीपमेण्ट्स, अटोमोबाइल्सलगायत उत्पादन गरी विक्री वितरण गर्ने गर्छ ।
आईएसओ ९००१ः२००८ प्राप्त यस कम्पनीले विकास निर्माणका उपकरणहरू उत्पादन गर्नुका साथै कृषिसँग सम्बद्ध ट्रेकटर, हैंडलिङ उपकरणहरू, रेलवे उपकरणहरू र अटोमोबाइल पार्ट्सहरूको उत्पादन गर्दै आइरहेको छ ।
यस कम्पनीले उत्पादन गरेका विकास निर्माणमा प्रयोग गरिने उपकरणहरूमा व्याकोलोडर, सोइल कम्प्याक्टर, टान्डेम रोलर, क्रेन, फर्कलिफ्ट चर्चि उपकरणहरू हुन् ।
Visited 3 times, 1 visit(s) today


