एलजीको नयाँ शोरुम ग्वार्कोमा, सबै किसिमका सामान किन्दा २० प्रतिशत छुट पाइने |
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ललितपुरको ग्वार्को चोकमा नयाँ शाखा बिस्तार गरेको छ । नेपालमा एलजीको आधिकारिक बितरक सिजीले सम्पूर्ण घरायसरी उपकरणहरुको शोरुम खोलेको जानकारी दिएको छ ।
नयाँ शोरुमको एलजी सिंगापुरका एक्सपोर्ट डाइरेक्टर सिउङ होलि तथा सिजी कर्प ग्लोबलका एमडी निर्वाण चौधरीले उद्घाटन गरेका छन् ।
शोरुममा घरलाई चाहिने सम्पूर्ण डिजिटल उपकरण तथा सामाग्रीहरु राखिएको कम्पनीले जानककारी दिएको छ ।
शोरुम उद्घाटन उपलक्ष्यमा ग्राहकलाई सबै किसिमका सामाग्री खरिदमा २० प्रतिशत छुट पनि दिने बताइएको छ ।
छुट योजना आगामी मार्च ५ सम्म लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
Visited 1 times, 1 visit(s) today


