एलपी ग्यास उद्योग संघले फागुन ३० गतेबाट ग्यास विक्री रोक्ने |
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले फागुन ३० गतेदेखि ग्यास विक्री नगर्ने चेतावनी दिएको छ । ग्यासमा कमिसन वृद्धि लगायत १० बुँदे माग पूरा गराउन संघले १० दिने अल्टिमेटम दिइएको हो ।
संघले माग पूरा नभए फागुन १७ गतेदेखि आन्दोलनका कार्यक्रम शुरु गरी फागुन ३० गतेबाट ग्यास विक्री पूर्ण रुपमा बन्द गर्ने बुधबार पत्रकार सम्मेलन गरी चेतावनी दिएको हो ।
संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार उद्योगको सञ्चालन खर्च, ग्यास विक्रेताको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता र वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गरी त्यसको प्रतिवेदनका आधारमा प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग राखेको छ ।
Visited 1 times, 1 visit(s) today


