७०४ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति |
काठमाडौं । २०७५ पुस मसान्तसम्ममा ७५३ स्थानीय तहहरुमध्ये ७०४ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । यस्तो संख्या २०७५ असार मसान्तमा ६३१ रहेको थियो ।
पुस मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ५ सय ९१ पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या ६ हजार ६ सय ५१ रहेको थियो । सोमबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा उल्लेख छ ।
भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालकहरुले वित्तीय विवरण प्रकाशन गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । हालसम्म ३ वटा भुक्तानी प्रणाली संचालक र ४ वटा भुक्तानी सेवा प्रदायक संस्थालाई कारोवारका लागि अनुमति प्रदान गरिएको छ ।
त्यसैगरी, २८ वटा संस्थाहरुलाई भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकको कार्य गर्न संस्था÷संयन्त्र स्थापनाका लागि आशयपत्र प्रदान गरिएको छ ।




