सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता |
काठमाडौं । सम्सारा रेमिट प्रालिले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क्रममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रालिको तर्फबाट डाइरेक्ट व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबाट महाप्रवन्धक मोहमद मुस्ताफाले एक कार्यक्रम बीच हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो । हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रवन्धक मोहमद मुस्ताफाले भने, ‘सम्सारा रेमिटले कतारमा आफ्नो छुट्टै पहिचान बनाइ सकेको हुदाँ दुई कम्पनी बीचको सहकार्यले आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने छन ।’
उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ । यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन् । रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था कम्पनीले गरेको छ ।
सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ ।
Visited 3 times, 1 visit(s) today


