सिभिल बैंकले बाल विकास समाजलाई १ लाख सहयोग गर्यो |
काठमाडौं । सिभिल बैंक लिमिटेडले बाल विकास समाजलाई १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई एक कार्यक्रकाबीच उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।
बैंकले बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत सो रकम हस्तान्तरण गरेको हो । बैंकले पाँचखलमा संचालित समाज कल्याण बाल गृहका ३ अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च समेत ब्यहोर्दै आईरहेको छ ।


