कृषि विकास बैंकको कर्जाको ब्याजदर घट्यो |
काठमाडौं । कृषि विकास बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको निर्णयानुसार फागुन १ गतेदेखि लागू हुने गरी कर्जाको ब्याज दर घटाएको हो ।
बैंकका अनुसार साविक कर्जाको ब्याजदरमा १ प्रतिशतले घटाएको छ । त्यस्तै निक्षेपको ब्याजदरमा साविकको ब्याजदरमा १.५ प्रतिशत थप हुने गरी वृद्धि गरेको बैंकले जनाएको छ ।




